एजेन्सी– इरफान खान र राधिका मदानको फिल्म ‘अंग्रेजी मिडियम’ को नयाँ गीत सार्वजनिक भएको छ। ‘एक जिन्दगी’ बोलको यो गीतमा इरफान खान र राधिका मदानको इमोशनल यात्रा देख्न पाइन्छ।
करिना कपूर खान र डिम्पल कपाडियाको अभिनय रहेको यो गीतमा राधिकाको लण्डनमा पढेको केही झलकहरु पनि देखाइएको छ। जीगर सराइयाको शब्द रहेको यो गीतमा तनिष्का सांघवी र सचिन–जिगरको स्वर रहेको छ। त्यस्तै यसमा संगीत पनि सचिन–जिगरले नै दिएका हुन्।
२०१७ मा आएको ‘हिन्दी मिडियम’ फिल्मपछि ‘अंग्रेजी मिडियम’ दर्शकलाई भाषाको ज्ञान दिने उदेश्यले बनाइएको हो। होमी अदजानियाले निर्देशन गरेको यो फिल्म २० मार्च २०२० मा रिलिज हुँदैछ।
सामान्य परिवारको बुबाले आफ्नो छोरीको विदेश पढ्न जाने सपना पुरा गर्नको लागि गरेको संघर्षलाई फिल्ममा देखाइएको छ। फिल्ममा बुबा र छोरीको बोन्डीङलाई देखाउने प्रयास गरिएकाे छ।
https://youtu.be/05DrDxjMEbU