एजेन्सी– बलिउड अभिनेत्री शिल्पा शेट्टी कुन्द्रा र उनकी पति राज कुन्द्राले महा शिवरात्रिको अवसरमा प्रशंसकहरूलाई ठूलो खबर दिएका छन्। उनीहरूकाे दाेस्राे सन्तानकाे रूपमा छाेरीकाे जन्म भएकाे छ।
भारतीय सञ्चारको अनुसार फेब्रुअरी १५ मा सेरोगेसीको माध्यमबाट उनीहरूकाे छोरीको जन्म भएको हो। शिल्पाले आफ्नो छोरीको नाम ‘समिषा सेट्टी कुन्द्रा’ राखेकाे इन्स्टाग्रामबाट जानकारी दिएकी छिन्।२२ नोभेम्बर २००९ मा विवाह गरेकी शिल्पाले पहिलाे सन्तानकाे रूपमा छाेराे जन्माएकी थिइन्।
https://www.instagram.com/p/B80Uq2RB3yj/?utm_source=ig_embed