काठमाडौं– आज (शुक्रबर)देखि नेपालमा धुर्मुस सुन्तलीको ‘सेन्टीभाइरस’ र सुरक्षा पन्तको ‘आमा’ एकैसाथ प्रदर्शनमा आएका छन्।
रिलिजअघि दुवै फिल्मले राम्रो चर्चा कमाएका थिए। सिङ्गल थिएटरमा धुर्मुस सुन्तलीको ‘सेन्टीभाइरस’ ले ओपनिङ दर्शक पाएको छ। मल्टिप्लेक्समा भने दुवै फिल्मले बराबरजस्तै शो पाएका छन्।
रामबाबु गुरुङको निर्देशनमा रहेको कमेडी फिल्म ‘सेन्टीभाइरस’ मा सीताराम कट्टेल, कुञ्जना घिमिरे, विल्सन विक्रम राई, सन्दीप क्षेत्री, राजाराम पौडेल, बुद्धि तामाङ लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ। फिल्मको ५० प्रतिशत कमाइ चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालामा सहयोग गरिने बताइएको छ।
यस्तै फिल्म ‘आमा’ मा मिथिला शर्मा र सुरक्षा पन्तको शीर्ष भूमिका छ। फिल्मको निर्देशन दीपेन्द्र के खनालले गरेका हुन् भने कथा र छायांकन पनि उनकै छ। आमाको सम्बन्ध र ममता देखाइएको यो फिल्मले मानवीय संवेदनालाई छुने प्रयास गरेको छ।