एजेन्सी– कमल हसनको आगामी फिल्म ‘इन्डियन २’ को शूटिङ दाैरान दुर्घटना भएकाे छ। उक्त दुर्घटनामा परी ३ जनाकाे ज्यान गएकाे छ भने अन्य १० जना घाइते भएका छन्।
मृत्यु हुनेमा फिल्म चालक दल सदस्यहरु रहेका छन्। यो दुर्घटन पवनमल्ली, चेन्नईको सेटामा भएको थियो। फिल्म ‘इन्डियन २’ का अभिनेता कमल हसनले ट्विटरबाट उक्त दुर्घटनाबारे पुष्टि गरेका छन्।
दुर्घटना ज्यान गुमाएकाप्रति दक्षिणी भारतीय अभिनेता एवं अभिनेत्रीले श्रद्धाञ्जली व्यक्त गरेका छन्। धनुष, आरजे बालाजी, लक्ष्मी मन्चु, कार्तिक सुब्बराज, प्रसन्ना, वरलक्ष्मी सारथकुमार, अल्लू अर्जुन, र विवेक लगायतले ट्विटरमा शोक व्यक्त गरेका छन्।
