एजेन्सी– अनन्या पाण्डेको क्रेज बलिउडमा अहिले ह्वात्तै बढेको छ। उनले फिल्म ‘स्टूडेन्ट अफ दि इयर २’ बाट ‘फिल्मफेयर अवार्ड’ जितिका थिइन्। अब उनी साउथका सुपरस्टार विजय देभेराकोन्डाको जोडी बनेर देखिने पक्का भएको छ।
नाम नताेकिएकाे उक्त फिल्ममा आफूले अभिनय गर्ने कुरा अनन्याले आफ्नो इन्स्टाग्रामबाट जानकारी दिएकी छिन्। यो फिल्मलाई हिन्दी र अन्य विभिन्न भाषामा रिलिज गर्ने तयारी निर्माण पक्षकाे छ।
यो फिल्मको निर्मातामा बलिउडका करण जोहर र चर्मे कौर रहेका छन्। यो फिल्मको निर्देशन भने पुरी जगन्नाथले गर्नेछन्।
