एजेन्सी – क्रिकेटर कपिल देवको बायोपिक फिल्म ‘८३’ को नयाँ तस्विर सार्वजनिक भएको छ। नायक रणवीर सिंह र नायिका दीपिका पादुकोण फिल्म ‘८३’ मा एकसाथ देखिँदैछन्। जसमा कपिलको भूमिकामा रणवीर सिंह देखिएका छन् भने कपिलकी पत्नी रोमी देवको भूमिकामा दीपिका पादुकोण देखिएकी छिन्।
फिल्म युनिटले रणवीर सिंह र दीपिका पादुकोणको तस्विर सार्वजनिक गरेको हो। नायिका दीपिकाले यो चलचित्रमा आफ्नो छोटो तर महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेकी छिन्। यो फिल्मको निर्देशक कविर खान हुन्। यो चलचित्र अप्रिल १० मा विश्वभर रिलिज हुँदैछ ।