काठमाडौं– धुर्मुस–सुन्तलीको फिल्म सेन्टी भाइरसको गीत ‘ए नि लै’ सार्वजनिक भएको छ। गीत ओएसआर डिजिटल युट्युब च्यानलमार्फत बुधबार सार्वजनिक गरिएको हो।
मार्मिक शब्दहरुलाई सुन्दर तरिकाले बुनिएको गीतले धेरैलाइ भावुक बनाएकाे छ। गीतले दर्शकहरूबाट सकरात्मक प्रतिक्रिया पाइरहेकाे छ। उक्त गीतमा श्वर सुशान्त गौतमको रहेको छ भने गीतको शब्द हर्क साउदले लेखेका हुन्।
फिल्म सेन्टी भाइरसमा धुर्मुस सुन्तलीसँगै दयाहाङ राई, विल्सन विक्रम राइ, बुद्धि तामाङलयागत थुप्रै कलाकारहरुको अभिनय रहेको छ। फिल्मले कमाएको ५० प्रतिशत नाफा धुर्मुस सुन्तली फाउण्डेशनले चितवनमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई दिइने छ।
फिल्म आगामि शुक्रबार (फागुन ९ गते) बाट देशैभर प्रदर्शनमा आउनेछ। फिल्म सेन्टी भाइरससँगै अर्को नेपाली चलचित्र आमा पनि सोहि दिनबाट प्रदर्शनमा आउँदैछ।
https://youtu.be/xgSTLt19oCM?t=1