एजेन्सी– जर्मन फिल्म ‘रन लोला रन’ काे हिन्दी रीमेकमा अभिनेत्री तप्पासी पन्नूकाे मुख्य भूमिकामा देखिने भएकी छिन्। ‘लुप लपेटा’ नाम राखिने उक्त फिल्ममा तप्पासीसँगै ताहिर राज भसीन पनि महत्पवूर्ण भूमिकामा देखिने छन्।
तापसी पन्नूले आफूले उक्त फिल्ममा अभिनय गर्ने कुरा आफ्नो इन्स्टाग्रामबाट जानकारी दिएकी छिन्।
फिल्मको निर्देशन आकाश भाटियाले गर्नेछन्। मिडिया रिपोर्ट अनुसार फिल्म २९ जनवरी २०२१ मा रिलीज हुनेछ। ‘लुप लपेटा’ सोनी पिक्चर्स फिल्म इंडिया, एलिसिप एंटरटेनमेन्ट र आयुष महेश्वरीले निर्माण गर्नेछन्।