सरइनाेडु :
सरइनाेडु २०१६ मा आएकाे दक्षिण भारतीय एक्शन फिल्म हो। यो फिल्मको निर्देशक बयपति श्रीनु हुन्। यो फिल्ममा अल्लु अर्जुन, श्रीकांत, आधि पिनिसेट्टी, क्याथरिन ट्रेसा, रकुल प्रीत सिंह मुख्य भूमिकामा छन् भने ब्रह्मानन्दम, प्रदीप रावत, साई कुमार, सुमन, जयप्रकाश र आदर्श बालकृष्णले सहयोगी भूमिकामा खेलेका छन्।
यो फिल्मको डबिङ्स् राइट गोल्डमाइन्स टेलिफिल्मले किनेकाे थियाे। यो युट्युबमा सबैभन्दा धेरैपटक हेरिएकाे फिल्म हाे। यसलाइ २६१ मिलियन्सभन्दा बढीपटक हेरिएकाे छ।
डिजे :
युट्युबमा सबैभन्दा धेरैपटक हेरिएकाे दाेस्राे फिल्म हाे डिजे। याे फिल्मले २१३ मिलियन्सभन्दा भ्यूज पाएकाे छ। यो फिल्ममा अलु अर्जुन र पूजा हेगडे मुख्य भूमिकामा छन् भने जबकि राव रमेश, सुब्बाराजु, चन्द्र मोहन, र मुरली शर्माले सहयोगी भूमिका खेलेका छन्। यो फिल्मको निर्देशक हरिश शंकर हुन्। याे फिल्म एक्शन र कमेडीले भरिएको छ। यो फिल्मको हिन्दी डबिङ्स राइट्स गोल्डमाइन्स किनेकाे थियो।
खुन्खार :
खुन्खार युट्युबमा धेरैपटक हेरिने तेस्राे फिल्म हाे। याे फिल्म १८५ मिलियन्सभन्दा बढी पटक हेरिएकाे छ। यस फिल्म एक्शन र रोमान्स भरिएको छ। यो फिल्मको निर्देशक बयपति श्रीनु हुन्। यस फिल्ममा बेल्लमकोंडा श्रीनिवास, रकुल प्रीत सिंह र जगपति बाबु मुख्य भूमिकामा छन् भने प्रज्ञा जायसवाल सुमन, तरुण अरोड़ा, र सारथ कुमारले सहयोगी भूमिका खेलेका छन्। यो फिल्मको हिन्दी डबिङ्स राइट्स पेन मुभिज्ले किनेकाे थियो।
इन्स्पेक्टर विजय :
इन्स्पेक्टर विजय युट्युबमा सबैभन्दा धेरैपटक हेरिएकाे चौथो फिल्म हो। जसकाे भ्युज १८२ मिलियन्सभन्दा बढी छ। यस फिल्म एक्शन र थ्रिलर भरिएको छ। यो फिल्मको निर्देशक श्रीनिवास ममिला हुन्। यस फिल्ममा बेलामकोंडा श्रीनिवास, नील नितिन मुकेश, नागा ब्रह्मा, काजल अग्रवाल, र मेह्रीन पिरजादा मुख्य भूमिकामा छन्। यो फिल्मको हिन्दी डबिङ्स राइट्स रक दुग्गल स्टुडियाेले किनेकाे थियो।
अआ:
युट्युबमा सबैभन्दा धेरै हेरिएकाे फिल्मकाे पाँचाै नम्बरमा फिल्म अआ रहेकाे छ। याे फिल्म युट्युबमा १८१ मिलियन्सभन्दा बढी पटक हेरिएकाे छ। याे फिल्म रोमान्स र कमेडील भरिएको छ। यो फिल्मको निर्देशक त्रिविक्रम श्रीनिवास हुन्। यस फिल्ममा निथीन र सामन्था अक्किनेनी मुख्य भूमिकामा छन् भने अनन्या, अनुपमा परमेश्वरन, श्रीनिवास अवसारला, नरेश, नाधिया, जयप्रकाश, एस्वरी राव, र राव रमेशले सहयोगी भूमिका खेलेका छन्। यो फिल्मको हिन्दी डबिङ्स राइट्स आदित्य मुभिजले किनेकाे थियो।