काठमाडौं– लोकप्रिय गायक दीपक बज्राचार्यको नयाँ गीत ‘राति’ सार्वजनिक भएको छ। गीतमार्फत बज्राचार्यले रातलाई बाहिरी सुन्दरता र भौतिक सम्पन्नतासहितको एउटा कालो शक्तिको नमूनाका रुपमा चित्रित गरेका छन्।
रकी शाक्यको शब्द रहेको यो गीतमा गायक बज्राचार्यकै संगीत रहेको छ भने प्रदीप जोशीको संगीत संयोजन छ। राजेश श्रेष्ठको छायांकन रहेकाे गितकाे भिडियाेमा उज्जवल ढकालको सम्पादन र दीपक बज्राचार्यको निर्देशन छ।
https://youtu.be/K-h-2_O6EJY