एजेन्सी – सञ्जय मिश्राको फिल्म ‘कामयाब’ को ट्रेलर सार्वजनिक भएको छ। रेड चिलीज इनटरटेनमेण्टले निर्माण गरेको यो फिल्म २०२० मार्च ६ मा रिलिज गर्ने भएको छ।
हार्दिक मेहताको निर्देशनमा रहेको यो फिल्ममा सञ्जय मिश्रा, दीपक डोबरियाललगायत सारिका सिंह र ईशा तलवार देखिनेछन्। निर्देशक मेहताले शर्ट फिल्म ‘अमदावाद मा फेमस’को लागि राष्ट्रीय पुरस्कार पनि जितेका थिए।
ट्रेलरमा सञ्जय मिश्राको शानदार अभिनय देख्न सकिन्छ। ट्रेलरमा सुधीरको भुमिकामा रहेका संजय मिश्राको कहानी देखाइएको छ। ४९९ वटा फिल्ममा काम गरिसकेको कुरा थाहा पाइसकेपछि सुधीरले सन्यास लिनबाट पछि हटेर ५०० फिल्ममा काम गर्छन्।
https://youtu.be/8KwQkxW1bVc