एजेन्सी – मार्च २० मा रिलिज हुने भनिएकाे अभिनेता इरफान खानकाे फिल्म ‘अंग्रेजी मिडियम’ मार्च १३ मा रिलीज हुने भएकाे छ। इरफानका स्वस्थ्यमा समस्या आएकाे कारण होमी अदजानियाकाे निर्देशनमा रहेकाे साे फिल्मकाे मिति परिवतर्न भएकाे हाे।
दर्शकलाई भाषाको ज्ञान दिने उदेश्यले बनाइएको याे फिल्ममा करिना कपुर खानकाे मुख्य भुमिका रहेकाे छ।

त्यस्तै जान्हवी कपूरको एयरफोर्स ड्रामा गुंजन सक्सेना अप्रिल २४ मा ठूलो स्क्रिनमा आउनेछ। साेमबार, बलिउडका तीन निर्माताहरूले अंग्रेजी मीडियम, गुंजन सक्सेना र रुही अफजाना का फिल्महरूको नयाँ रिलीज मिति घोषणा गरेका छन्। इरफान खानको फिल्म अंग्रेजी मिडियम १३ मार्चमा रिलीज हुने भएकाे छ भने, जान्हवी कपूरको गुंजन सक्सेना अप्रिल २४ मा ठूलो स्क्रिनमा आउने तय भएकाे हाे। यसअघि गुंजन सक्सेना १३ मार्चमा रिलीज हुने भएकाे थियो।

रुही अफजानाका निर्देशक हार्दिक मेहताका अनुसार निर्माता करण जोहरले गुंजन सक्सेनाको रिलिज मिति रुही अफजानासँग आदानप्रदान गरेका छन्। जान्हवी कपूरको होर्राेर - कमेडी फिल्म अप्रिल १७ को जून ५ मा रिलीज हुने भएकाे छ। बलिउडमा सबैजनाले एक अर्कालाई सहयोग गरिरहेको देख्दा राम्रो लाग्ने निर्देशक हार्दिक मेहताले बताए।
