बैतडी– विगत चार वर्षदेखि अलपत्र रहेको बैतडीको सुन्दरखाली स्थित दशरथचन्द क्रिकेट मैदान नगरपालिकाले निर्माण गरिरहेको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले क्रिकेट मैदान निर्माण सुरु गरी अलपत्र छोडेपछि दशरथचन्द नगरपालिकाले निर्माणको काम सुरु गरेको छ। मैदान अभावका कारण क्रिकेट प्रतियोगिता सञ्चालन गर्न समस्या भएपछि नगरपालिका आफैं क्रिकेट मैदान निर्माणमा जुटेको छ।
गत वर्ष बाट निर्माण थालेको मैदान अहिले जिल्लास्तरीय प्रतियोगिता सञ्चालन गर्न सकिने खालको भएको नगरपालिका सामाजिक विकास शाखा प्रमुख विनोद बहादूर चन्दले बताएका छन्। राष्ट्रिय खेलकुद परिषदले करिब ११ कारोडको लागत दशरथचन्द क्रिकेट रंगशाला निर्माण गर्ने भनी काम सुरु गरको थियोे। सुरुमा राखेपले दिवा–चन्द्रा एण्ड वसन्ता जेभीँग १ करोड ४० लाखमा मैदानको ६० घनमिटर कटान र वाल लगाउने हिसाबले ठेक्का सम्झौता गरेको थियो। राखेपले बजेट नदिँदा निर्माण कार्य चारवर्षसम्म अलपत्र परेको थियो।
राखेपले सुविधा सम्पन्न स्टेडियम बनाउने भनेपनि निर्माण अलपत्र छोड्दा क्रिकेट खेल सञ्चालन गर्न नसकिएको नगरप्रमुख नरेन्द्रसिंह थापाले बताए। ‘क्रिकेटको उर्वरभूमी बैतडीमा मैदान अभाव नहोस् भनेर हामीले गत वर्ष २५ लाख र यो वर्ष २५ लाख बजेट विनियोजन गरेर मैदान निर्माण गरिरहेका छौंः नगरप्रमुख थापाले भने। मैदान निर्माणका लागि अन्य ठाउँबाट पनि सहयोग भइरहेको उनले जानकारी दिए।
अन्तराष्ट्रिय क्रिकेटमा महत्वपूर्ण योगदान पु¥याएको खेलाडी उत्पादन गरेको बैतडीमा मैदान अभावले क्रिकेट प्रतियोगिताहरु सञ्चालन गर्न समस्या भएको नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादु चन्दले बताए। राखेपले खलपत्र छाडेको मैदानलाई नगरपालिकाले सम्याएर खेल्नलायक बनाउने प्रयास गरिरहेको खेलाडी तथा यस क्षेत्रका व्यक्तिहरुलाई खुसी तुल्याएको उनको भनाइ छ।
२०७१ फागुनमा खेल मैदान निर्माणको ठेक्का पाएको दिवा/चन्द्रा एण्ड वसन्ता जेभीले स्टमेट अनुसारको काम गरेको तर राखेपले भुक्तानी नदिँदा थप काम अघि बढ्न नसकेको निर्माण कम्पनीका सुरेशबहादुर चन्दले गुनासो गरे।
बैतडीमा खेलमैदान नहुँदा क्रिकेट प्रतियोगिता सञ्चालनमा समस्या रहेको बैतडी क्रिकेट संघका अध्यक्ष लालबहादुर चन्दले बताए। दशरथचन्द मैदान बन्पछि प्रतियोगिता सञ्चालन गर्न सजिलो हुने भन्दै उनले खुसी व्यक्त गरे।