एजेन्सी– भर्खरै मात्रै असमको गुवाहाटीमा सम्पन्न भएको फिल्मफेयर अवार्ड २०२० मा थुप्रै सेलिब्रिटीकाे उपस्थिती थियो। उक्त कार्यक्रममा नायिका उर्वशी रौतेला धेरैको ध्यान आर्कर्षित गर्न सफल भइन्।
उनी आफ्नो पहिरनको कारण ट्रोलको सिकार बनेकि छिन्। उर्वशी रौतेलाले इन्स्टाग्राममा एउटा भिडियो शेयर गरेकी छिन् जसमा उनी भारी र ओभरसाइज्ड अफ शोल्डर इम्बेलिश्ड बल गाउन लगाइरहेको देखिएकी छिन्।
उर्वशीको यहीँ रातो पहिरन सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। भिडियोमा उनले बस्नका लागि धेरै स्थान ओगटेको देख्न सकिन्छ जसका कारण त्यहाँ भएका धेरै मानिसहरुको ध्यान उनीतर्फ केन्द्रीत भएको पनि देख्न सकिन्छ।
उर्वशीले भिडियोको क्याप्सनमा लेखिन्, ‘मेरो अद्भुत टिमबिना मेरो सबैभन्दा भारी रेड कार्पेट एक्सपिरियन्स सम्भव हुन सक्दैनथ्यो। म चारवटा सिटमा बसेकी थिएँ।’मानिसहरुले उर्वशीको यो पहिरनको निकै आलोचना गरेका छन्।
कमेन्टमा लेखिएको छ, ‘मानिसहरुले एउटा सिटमा बस्नका लागि पैसा तिरेका हुन्छन्, तर तिमी चारवटा सिटमा बसेकी छौ?’ अर्का व्यक्तिले कमेन्ट गर्दै लेखे, ‘यति ठूलो ड्रेस लगाउन नै किन पर्यो ? यसमा त एउटा पूरा गाउँलाई कपडा पुग्छ।’अर्का एक व्यक्तिले स्वच्छ भारत अभियानलाई प्रोमोट गरेकोमा धन्यवाद समेत भने।
https://www.instagram.com/p/B8qmyCuhp7Z/?utm_source=ig_embed&utm_campaign=loading