काठमाडौं– नायिका साम्राज्ञी शाहको अभिनय रहेको फिल्म ‘मारुनी’ लण्डनमा प्रदर्शन हुने भएको छ। नेपालमा राम्रो प्रतिक्रिया पाउन नसकेको यो फिल्म लण्डनवासी नेपालीबीच प्रदर्शन गरिन लागिएको हो।
पुनम गौतमले निर्माण गरेकी यो फिल्मको जापान, अस्ट्रेलिया लगायतका केही देशमा प्रदर्शन गरिएको थियो। अब लण्डनको अल्डरसटस्थित एम्पायर हलमा फिल्म प्रदर्शन गर्न लागिएको हो।
प्रदर्शनका लागि नायिका साम्राज्ञी शाह र निर्मात्री पुनम गौतम २३ फेब्रअरीमा लण्डन उड्ने कार्यक्रम छ। निर्मात्री गौतमले लण्डनमा आयोजना हुन लागेको शोका लागि सम्पूर्ण टिकट विक्री भैसकेको बताइन्।
नवल नेपालले निर्देशन गरेका यो फिल्ममा साम्राज्ञीलगायत रेविका गुरुङ र पुष्पल खड्काको शीर्ष भूमिका रहेको छ।