एजेन्सी– नाइजरमा द्वन्द्वबाट विस्थापित नागरिकहरूलाई सहयोगमा आएको खाद्यान्न वितरणको क्रममा भागदौड हुँदा २० जनाको मृत्यु भएको छ। सोमबार भागदौड हुँदा कम्तीमा २० जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ।
सहयोगी गैरसरकारी संस्थाले रासन वितरण भइरहेका समय एक्कासी भागदौड मच्चिएको जनाएको छ। घटनामा २० जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्।
भागदौडमा मृत्यु भएका मध्ये अधिकांश महिला र बालबालिका रहेका अस्पताल स्रोतले बताएको छ।