एजेन्सी – साउथका अभिनेता शिवकर्थिकेनकाे फिल्म ‘डाक्टर’ को फर्स्ट लुक सार्वजनिक भएकाे छ। सोमबार रिलिज गरिएकाे फर्स्ट लुकमा शिवकर्तीकेनले न स्टेथोस्कोप बाेकेका छन् न त सेताे काेट नै लगाएका छन्।
तर, उनी स्केल्पल्स, ब्लेड र कैंचीले घेरिएका छन्। फर्स्ट लुकमा कुर्सीमा एक मान्छे आरामदायक रूपमा बसेकाे देखिन्छ जो हिंसामा लागि रुचि राख्छ।
पहिलो लुक पोष्टर शिवकार्थिकेयनको जन्मदिन मनाउन सार्वजनिक गरिएको थियो। नेल्सन दिलीप कुमारद्वारा लिखित र निर्देशित, डाक्टरमा कथा वा शिवकार्थिकेन चरित्रको बारेमा धेरै जानकारी दिइएको छैन। यस फिल्मको माध्यमबाट प्रियांका मोहन तामिल फिल्म उद्याेगमा डेब्यू गर्दैछिन्। यो फिल्ममा योगी बाबू र विनय पनि छन्।
