एजेन्सी– केमरुनको उत्तरपश्चिम गाउँ न्तुम्बोमा एकै गाउँका १४ बालबालिका सहित २२ जनाको मृत्यु भएको छ।
यहाँको प्रतिपक्षी दलले हत्याको आरोप सेनामाथि लगाएको छ। संयुक्त राष्ट्रसंघका अनुसार शुक्रबार गाउँमा हतियारधारी व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेको थियो । संयुक्त राष्ट्रसंघका अनुसार एक गर्भवती महिलासहित २२ जना गाउँलेको हत्या भएको थियो।
केमरुनमा पछिल्लो तीन वर्षयता पृथकतावादी समूह सक्रिय रहँदै आएको छ। प्रतिपक्षी दल लगायत केहीले हत्याको आरोप सेनामाथि लगाए पनि सेनाले अस्वीकार गर्दैआएको छ।