एजेन्सी– लोकप्रिय फिल्म ‘क्विन अफ कात्वे’ की अभिनेत्री निकिता पर्ल वालिग्वाको निधन भएको छ।
युगान्डामा जन्मिएकी १५ वर्षीय निकिताको ब्रेन ट्युमरका कारण निधन भएको हो। २०१६ मा बनेको विश्वचर्चित फिल्म ‘क्विन अफ कात्वे’ मा निकिताले मुख्य पात्रको साथी बनेर अभिनय गरेकी थिइन्।
मिरा नाइरले निर्देशन गरेकी फिल्म युगान्डामा स्कुल जान छाडेर नियमित चेस खेल्ने स्थानीय बालबालिकाहरुको जीवनशैलीमा केन्द्रित छ।