एजेन्सी– भारतमा एक युवकको आफूले नै पालेको कुकुरले टोकेर मृत्यु भएको छ। भारतको बटालाका बिक्की नाम गरेका ती व्यक्तिको रेबिज लागेर मृत्यु भएको हो।
जनवारलाई अति प्रेम गर्ने बिक्कीको कुुकुरले टोक्नासाथ उपचार गरिएको थिएन्। जब कुकरको मृत्यु भयो त्यसपछी विक्की स्वास्थ्य बिग्रदै गएपछी उनको उपचार सुरु गरिएको थियो। तर त्यतीबेला सम्म उपचारमा धेरै ढिला भई सकेको थियो।
भारतीय मिडियामा अनुसार बिक्कीले करिब ६ महिना अघिमात्र बिवाह गरेका थिए। बिवाह गरेको एक महिना मात्र भएको थियो त्यस बेला उनलाई ककुरले टोकेको थियो।
कुकरको मृत्यु पछी स्वास्थ्य बिग्रदै गएका बिक्कीले जब घरका अन्य सदस्यलाई पनि टोक्नथाले त्यसपछी उनलाई घरको परिवारले बाध्यतामा आएर घरकै बेडमा बाँधेर राख्न थालेका थिए।
अन्ततः रेबिजबाट ग्रसित बिक्कीको कुकुरले टोकेको पाँच महिनापछी आइतबार बिहानै मृत्यु भएको भारतिय मिडियामा उल्लेख गरिएको छ ।