एजेन्सी - कंगना रनाैत फिल्म तेजसमा एयरफोर्स पायलटको रोलमा देखिने भएकी छिन्। उक्त फिल्मकाे पहिलाे लुक सार्वजनिक गरिएकाे छ।
कंगनाले युनिफर्ममा रहेका सबै बहादुर र कडा नेतृत्व लिने महिलाहरूका लागि जसले दिनदिनै हाम्रो देशको लागि बलिदानहरू दिन्छन् उनीहरूमा समर्पित भन्दै उनले तेजस फिल्मको पहिलो लुक इन्स्टाग्राममा पोष्ट गरेकी छिन्।
बलिउड क्वीन कंगना रनौत, पछिल्लाे पटक अश्विनी अय्यर तिवारीको फिल्म पंगामा देखीकी थिइन्। उनलाइ आगामी फिल्म तेजसमा एयरफोर्सको पायलट अवतारमा हेरेर प्रशंसकहरू धेरै खुसी छन्। सार्वजनिक गरिएकाे फिल्म पहिलो लुकमा उनी कार्गो प्यान्ट र एक ओलिवे ज्याकेटमा आइएएफ जेटको अगाडि हेलमेटको साथ उभिएकी छिन्। यो फिल्मको निर्देशक सरवेश मेवारा हुन्।