एजेन्सी– भारतको गुवाहाटीमा भएको ६५ औं फिल्मफेयर अवार्डमा फिल्म गली बोयको गीत ‘अपना टाइम आएगा’ ले फिल्मफेयर अवार्ड पायो। यो अवार्डको दौडमा मनोज मुंतशिरले लेखेको गीत ‘तेरी मिट्टी...’ पनि समावेश थियो। आफ्नो गीतले सम्मान नपाएका कारण मनोजले सोसल मिडियामा सन्देश लेखेर सबै अवार्ड शोलाई बहिष्कार गरेको घोषणा गरेका छन्।
‘डियर अवार्ड’: मैले जीवनभरी कोसिस गर्दा पनि ‘तू कहती थी तेरा चान्द हुँ मे और चान्द हमेशा रहता हे’ भन्दा उत्कृष्ट लाइन लेख्न सक्दिनँ। तपाईं ती शब्दलाई सम्मान दिन असमर्थ प्रमाणित हुनुभयो जसले करोडौं भारतीयलाई रुवायो र आफ्नो मातृभूमिबारे चिन्ता गरे। त्यसकारण आज म तपाईंलाई अलविदा भन्दैछु। आफ्नो अन्तिम साससम्म पनि कुनै अवार्ड शोमा नजाने यसैमार्फत् आधिकारिक घोषणा गर्छु। अलविदा।’
गीतमाथि अन्याय भएको छ
मनोज भन्छन्, ‘यदि सर्वसाधारणको अगाडि यी दुई गीतलाई सँगै राखेर हेर्ने हो भने ‘तेरी मिट्टी...’ को लिरिक्सले लगभग ४० लाख मिलिट्री र प्यारामिलिट्री फोर्सेसलाई प्रतिनिधित्व गर्छ। यो देशभक्तिको राष्ट्रगानजस्तै हो। यदि यो गीतलाई ‘तू नंगा ही तो आया हे, घण्टा लेकर जाएगा...’ सँग तुलना गरिँदै छ भने यो गलत हो।’