एजेन्सी– यूकेमा अविरल वर्षा र तीव्र गतिको हावाहुरीका कारण जीवनको क्षति हुनसक्ने सम्भावना रहेको भन्दै दक्षिणी वेल्समा (बाढी) रातो सङ्केतको चेतावनी जारी गरेको छ। नदीहरू बढ्न थालेपछि यूकेभर ३०० वटाभन्दा बढी क्षत्रमा बाढीको चेतावनी जारी गरिएको छ।
आइतवार रातिसम्मका लागि रातो सङ्केतले जनाउने उच्च जोखिमको चेतावनी जारी गरिएको वेल्समा अग्निनियन्त्रकहरूले मानिसहरूको उद्धार गरेका छन्।
स्कटल्यान्डमा बाढीले बगाएको एउटा गाडीबाट दुईजनाको उद्धार गरिएको छ। सन् २०१५ को डिसेम्बर २६ तारिख पछि यूकेमा यो स्तरको चेतावनी जारी गरिएको यो पहिलोपटक हो। सो चेतावनीले मानिसहरूलाई खतरनाक मौसमबाट बच्न र सकेसम्म यात्रा नगर्न सुझाव दिन्छ। यसैबीच इङ्गल्यान्डमा दुई, वेल्समा दुई र स्कटल्यान्डमा तीन गरी सातवटा खतरनाक बाढीको चेतावनी पनि जारी गरिएको छ।
शनिवार १४६ किलोमिटर प्रतिघन्टाको गतिमा हावा चलेको यूकेको मौसम कार्यालयले जनाएको छ। त्यस्तै वेल्समा १४२ मिलिलिटर वर्षा भएको छ।