काठमाडौं– नेपाली छोरा दिवेश पोखरेल गायन रियालिटि सो ‘अमेरिकन आइडल’ को अडिसनमा छानिएका छन्। स्टेज नाम आर्थर गनको रुपमा परिचित २१ वर्षे दिवेशको जन्म काठमाडौंमा भएको थियाे। सानै देखि संगीत र गीतप्रती रुची भएका दिवेश पहिलो गीतार आफ्नो आमाले दिएका बताउँछन्।
नेपालमा प्लस टु पास गरेपछि आफू अमेरिका गएकाे र अमेरिका अवसरहरुको महान् भूमि भएकाे उनले बताएका छन्। अमेरिकामा पुगेपछि उनले आफूले कहिले पनि नसुनेको गीतहरु सुनेको र आफू यसैमा चुम्बक झैं आकर्षित भएको बताए।
त्यसपछि केटी पेरीले उनलाई उनको नामको अर्थ सोध्छिन्। जवाफमा उनले भन्छन्, ‘प्रकाश’। त्यसपछि केटी पेरीले थप्छिन्, ‘यसको अर्थ तिमी ‘द बेस्ट’ (उत्कृष्ट) हौ। उनले अडिसनमा दुईवटा गीत गाउँछन्। सुरुमा बब डिलनको ‘द गर्ल फ्रम द नर्थ कन्ट्री’ गाउँछन्।
त्यसपछि उनलाई अर्को गीत गाउन भनिन्छ। केटी पेरीले यसपटक गाउँदा तिमी आँखा खोलेर कि त हामीलाई हेर, कि गितारलाई भनेको हुनाले दोस्रो गीत उनले क्रिडेन्स क्लियर वाटर रिभाइभलको ‘ह्याभ यु एभर सीन द रेन’ गाउँछन्।
उनको प्रस्तुतीमा निर्णायक पनि खुसी हुन्छन्। गायक तथा गीतकार लियोनेल रिचीले उनलाई स्टेजमै गएर अँगालो हाल्छन्। अर्को निर्णायकले लुक ब्रायनले उनलाई ‘अद्वितीय कलाकार’ बताउँदै अमेरिकन आइडलमा आएकोमा धन्यवाद दिएका छन्।
केटी पेरीले उनलाई ‘रक स्टार’ को संज्ञा दिँदै कार्यक्रममा देख्न पाउँदा निकै उत्साहित भएको बताएकी छिन्। अन्तिममा सबै निर्णायकले बजर दबाउँदै उनलाई भन्छन्, ‘यू आर गोइङ्ग टु हलिउड।’
https://youtu.be/A73ELaEsQpM