एजेन्सी– चलचित्र ‘बर्न टू डान्स’ निर्माण हुने भएको छ। एवी इन्टरनेशनलले नृत्यमा आधारित रहेर यो फिल्म निमार्ण गर्न लागेको हो।अमन तामाङको निर्देशनमा बन्न लागेको यो चलचित्रमा अमित बस्नेत, अजित केआर थापा र परी रानाको लगानी रहनेछ। निर्माताका अनुसार, यो चलचित्रमा विगत ५ बर्षदेखि काम भइरहेको छ।
निर्माणपक्षले चलचित्रका लागि कलाकारको टुंगो लगाएको छैन। चलचित्रमा डान्समा पोख्त कलाकारको आवश्यकता पर्ने भएकाले पनि सोही अनुसार छनोट गरिने निर्माणपक्षको भनाई छ।
यो चलचित्रको छायांकन नेपाल, अमेरिका र क्यानडामा हुनेछ। बलिउडमा पनि डान्समा केन्द्रित रहेर केही चलचित्रहरु बनिरहेका छन्। तर, निर्देशक अमनका अनुसार ती चलचित्र भन्दा यो चलचित्र फरक हुनेछ। नेपालमा डान्सलाई नै केन्द्रमा राखेर कमै मात्र चलचित्र बनेका छन्। यसैले, यो चलचित्र निर्माण गर्न चुनौती छ।