एजेन्सी - कलर्स टेलिभिजनको चर्चित र लोकप्रिय रियालिटी शाे बिग बोस १३ को शनिबार अन्त्य भएको छ। १४० दिन सम्म चलेकाे उक्त शाेकाे १३ औं सिजनकाे विजेता सिद्धार्थ शुक्ला बनेका छन्। शुक्लाले ५० लाख रुपैयाँ पुरस्कारका साथै एउटा स्वैंकी कार पाएका छन्।
करीब १४० दिन यो चर्चित र विवादित रियालिटी शोको फाइनलमा ६ जना प्रतिस्पर्धी पुगेका थिए । फाइनल पुग्नेमा शुक्ला, आसिम रियाज, शहनाज गिल, रश्मि देसाई, आरती सिंह र पारस छाबडा थिए ।
कोयना मित्रा, सिद्धार्थ डे, खेसारी लाल यादव र अरहान खान धेरै जस्ता खेलाडी फिनालेमा उपस्थित भएनन्। सिद्धार्थ शुक्ला र आसिम रियाजकाे पहिले दोस्ती र पछि दुश्मनीका कारण बिग बाेस धेरै विवादित र चर्चित रह्यो। यिनीहरुबीच धेरै झगडा भयो । तर सिद्धार्थ शुक्लाले यो शो जितेका छन् ।
