एजेन्सी– ब्राजिलमा एक युवकले शारीरिक सम्बन्धका बेला गर्भवती श्रीमतीको रेजर ब्लेडले घाँटी काटी हत्या गरेका छन्। २१ वर्षे मार्सेलो अराउजोले २२ वर्षीया श्रीमती फ्रान्सिन दोस सान्तोसलाई तेस्रो पटक गर्भवती भएको विषयमा विवाद चर्किएपछि हत्या गरेका हुन्। प्रहरीले फेब्रुअरी ३ तारिखमा उनले श्रीमतीको हत्या गरेको स्विकार गरेका जानकारी दिएका छन्।
उनीहरुको पहिले नै चार वर्षकी एक छोरी र दुई वर्षका एक छोरा रहेको जनाइएको छ। प्रहरीलाई आफूलाई अब थप सन्तान नचाहेको बयान दिएका थिए। यसका साथै, उनले श्रीमतीलाई छोराछोरीसँग बाँडिएको हेर्न नचाहेको र बच्चाका कारण निम्तिएको आर्थिक भार पनि चित्त नबुझिरहेको उनले बताएका थिए।
ब्राजिलको साओ पाउलोस्थित भारजिया पाउलिस्तामा रहेको उनीहरुको घरमा आरोपीलाई पनि घाँटी र नारी काटिएको अवस्थामा भेटिएको थियो। प्रहरीको अनुसार श्रीमतीको हत्या पछि उनले पनि आत्महत्या गर्ने कोसिस गरेका थिए। २२ डिसेम्बर सन् २०१९ को घटनाको विषयमा प्रहरीले ६ हप्तासम्म चलेको अनुसन्धानपछि घटनाबारे थुप्रै प्रमाण भेटेको जानकारी दिएको छ। यसअघि आरोपीले घटनाको विषयमा भिन्न भिन्न बयान दिँदै आएका थिए।
अनुसन्धानकर्ताका अनुसार, डिसेम्बर २२ तारिखमा यो जोडीले परिवारसहित क्रिसमसको छुट्टी मनाउनेबारे छलफल गरिरहेका बेला एकाएक गर्भ बसेको कुरा निस्किएपछि उनीहरु बीच विवाद चर्किएको थियो। तर विवादपछि यो जोडीले कुरा सल्टाउँदै शारीरिक सम्बन्ध स्थापित गर्नका लागि बेडरुममा गएको पनि बताइन्छ।तर यौन सम्पर्ककै बेला उनले मेकअप आर्टिस्ट श्रीमतीको घाँटीमा चक्कुले थुप्रै पटक हमला गर्छन् र अन्त्यमा ब्लेडले काटेर हत्या गरेको बताइन्छ।