एजेन्सी– आम आदमी पार्टीबाट तेस्रो पटक निर्वाचित हुनुभएका अरविन्द केजरीवालले आज मुख्यमन्त्रीको शपथ लिने भएका छन्।
दिल्लीको रामलीला मैदानमा आइतबार दिउँसो भव्य समारोहकाबीच उपराज्यपाल अनिल बैजलले उनलाई शपथ ग्रहण गराउनेछन्।शपथ ग्रहण समारोहको तयारी सम्पूर्ण पूरा भइसकेको छ भने सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ।
लगातार तेस्रो पटक मुख्यमन्त्रीको शपथ लिन लागेका केजरीवालले आजै मन्त्रीपरिषदपनि विस्तार गर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीका सातै जना सांसद, नवनिर्वाचित आठ जना बीजेपी विधायक र सबै नगर निगम पार्षदहरुलाई आमन्त्रण गरिएको छ।