एजेन्सी– आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले तेस्रो पटक दिल्लीको मुख्यमन्त्री पदको सपथ ग्रहण गरेका छन्। दिल्लीको रामलीला मैदानमा आइतबार आयोजित कार्यक्रममा उनले उपराज्यपाल अनिल बैजलसमक्ष सपथ ग्रहणा गरेका हुन्।
यस्तै मनीष सिसोदिया, सत्येन्द्र जैन, गोपाल राय, कैलाश गहलोत, इमरान हुसेन र राजेन्द्र गौतमले मन्त्रीको सपथ लिएका छन्। केजरीवालले आफ्नो पछिल्लो सरकारको मन्त्रिपरिषद सदस्यलाई कायमै राखेका छन्। तर मन्त्रिपरिषदमा महिला सहभागिता छैन। र, यसलाई लिएर केजरीवालमाथि प्रश्न उठाइएको छ।
आम आदमी पार्टीकाे सपथ ग्रहण समारोहका लागि प्रधानन्त्री नरेन्द्र मोदीलाई पनि निम्तो दिएको थियो। तर प्रधानमन्त्री मोदी आफ्नो संसदीय क्षेत्र वारायणी पुगेका छन्। दिल्लीका सात सांसद, सबै निगम पार्सद, भारतीय जनता पार्टी र कांग्रेसका प्रदेश अध्यक्षलाई पनि सपथ ग्रहण समारोहमा बोलाइएको थियो।