एजेन्सी– एक २१ वर्षीय युवकले शारीरिक सम्पर्कका क्रममा आफ्नै पत्नीको हत्या गरेका छन्। उक्त घटना ब्राजिलमा घटेको हो।
समाचार अनुसार २१ वर्षीय ती युवकले यौन सम्पर्कका बेला रेजर ब्लेडले घाँटी रेटेर आफ्नै श्रीमतिको हत्या गरेका हुन्। हाल ती युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनले श्रीमतिको हत्या गरेको स्वीकार गरेको पनि प्रहरीले बताएको छ। आरोपी युवकले श्रीमतिको हत्या गरेपछि आफूले पनि आत्महत्या गर्ने प्रयास गरेको प्रहरीको भनाइ छ।

आफ्नै पत्नीको हत्या भएको यो घटना ब्राजिलको साओ पोलोस्थित वर्जी पोलिस्टा इलाकामा भएको समाचार माध्यममा जनाइएको छ। २१ वर्षीय आरोपीको नाम मर्सिलो अरौजो भएको र उनले आफ्नी २२ वर्षीया श्रीमति फ्रैसिनेको हत्या गरेको समाचारमा बताइएको छ। उनी हाल प्रहरी हिरासतमा रहेका छन्।
घटना भएको झण्डै डेढ महिनापछि मर्सिलोले फ्रैसिनेको हत्या गरेको पुष्टि भएको हो। प्रहरीले उक्त घटनाबारे ६ हप्तासम्म छानबिन गरेको थियो। छानबिनबाट प्राप्त प्रमाणका आधारमा मर्सिलोले नै फ्रैसिनेको हत्या गरेको खुलेको थियो।
अभियोग पुष्टि हुनुपूर्व मर्सिलोले अलग-अलग बयान दिएका थिए। प्रहरीका अनुसार फ्रैसिने तेस्रो पटक गर्भवती भएकी थिइन्। गर्भलाई लिएर दुबैजनाबीच विवाद भएको थियो। सोही विवादले हत्याको रुप लिएको प्रहरीको भनाइ छ।
हत्या लगत्तै मर्सिलोको घरमा प्रहरी पुगेको थियो। घरमा प्रहरी पुग्दा उनी गम्भीर हालतमा थिए। उनको नाडी र गर्दनमा काटेको निशाना थियो। उनले आफूलाई पीडितको रुपमा प्रस्तुत गर्न खोजेका थिए। तर लामो अनुसन्धानपछि उनले नै श्रीमतिको हत्या गरेको खुलेको छ ।