एजेन्सी– भारतको मध्य प्रदेशमा आमााले एक दिनको नवजात शिशुको छातीमा धारिलो हतियार प्रहार गरी हत्या गरेकी छिन्। भारतीय सञ्चार माध्यमको अनुसार फेब्रुअरी १३ मा मञ्जुले अस्पतालबाट घर फर्कने बित्तिकै आफ्नी छोरीको छाती पेट र गर्धनमा हँसिया प्रहार गरि हत्या गरेकी हुन्।
मञ्जुले छोरा नजन्मिएका कारण यस्तो गरेको बताइएको छ। मञ्जुको परिवारले शिशुलाई जिउँदो देखेर उनलाई शाजापुर जिल्ला अस्पताल पुर्याए। सुरुवाती उपचारपछि डाक्टरले नवजातको इन्दौरको एमवाय अस्पताल पठायो। त्यहाँ जिन्दगी र मृत्युसँग जुधिरहेकी बालिकाको १४ फेब्रुअरीमा मृत्यु भयो।
स्रोतका अनुसार शनिबार बिहान प्रहरीले मञ्जू र उनका श्रीमानसहित चार आफन्तलाई हिरासतमा लिएको थियो। थानाभित्र सोधपुछ गर्दा मञ्जु बेस्सरी रोइन्। छोरा नजन्मिँदा आफूले यस्तो गरेको उनले प्रहरीससमक्ष बयान दिइन्। मञ्जुकी पहिल्यै एक छोरी छिन्। त्यसपछि एकपटक गर्भपतन भएको बताइन्छ।