एजेन्सी– भारतको उत्तर प्रदेशको गाजियाबादमा प्रेममा पागल भएकी छोरीले आफ्नै आमाको हत्या गरेकी छन्।
दिल्लीको वृज विहार चौकीमा तैनाथ दिल्ली प्रहरीकी हेड कन्स्टेबल शशि शुक्लालाई षडयन्त्र गरेर आफ्नै छोरीले हत्या गरेको भारतीय समाचार माध्यममा जनाइएको छ।
छोरीले आफ्नै प्रेमीसँग मिलेर शशिको हत्या गरेकी हुन्। समाचार अनुसार आफ्नो प्रेम सम्बन्धमा तगारो बनेपछि छोरीले शशिको हत्या गरेको बताइएको छ।
शशिले आफ्नी छोरीलाई बारम्बार प्रेमीबाट टाढा रहन भन्दै गाली गरेको र उक्त गाली छोरीलाई राम्रो नलागेको समाचारमा उल्लेख छ। त्यसैले उनले डरलाग्दो हत्या योजना बनाएर शशिको हत्या गरेको प्रहरीको भनाइ छ।
हाल प्रहरीले शशिकी छोरी र उनका प्रेमीलाई गिरफ्तार गरेको छ ।