एजेन्सी– विद्यालयमा जिस्काउने र दुर्व्यवहार गर्ने कारण समस्या भोगेकी भारतकी ९ वर्षीया विधार्थीले ‘एन्टी बुलिङ’ मोबाइल एप बनाएकी छन्। उक्त्त एपको मद्दतले पीडितको पहिचान नखुलाइ त्यस्ता घटनाहरुको जानकारी अधिकारीसमक्ष पुर्याउन सकिन्छ। कक्षा चारमा अध्ययनरत मैदाईबाहुन मोजाले यो एप बनाएकी हुन्।उनको यो प्रयासको सरकारले समेत सराहना गरेको छ।
मैदाईबाहुन भन्छिन्, ‘म नर्सरीमा छँदादेखि नै दुर्व्यवहार सहनुपर्यो। यसले मलाई असर गर्यो। यसबाट बच्न मैले समस्या समाधान गर्ने निर्णय गरेँ।’
उक्त एप प्रयोग गर्ने व्यक्तिले दुर्व्यवहार गर्नेको नामसहित घटनाको विवरण दिनु पर्नेछ। यसबाहेक घटनाबारे अन्य सम्बन्धित व्यक्तिलाई पनि सूचना पठाउन सक्नेछन्। यसले अधिकारीलाई आवश्यक जानकारी दिन्छ र आवश्यक कारवाही गर्न सहयोग गर्छ।