एजेन्सी– फ्रान्समा एक चिनियाँ पर्यटकको नयाँ कोरानाभाइरसबाट मृत्यु भएको छ। यो एसिया बाहिर कोरोनाभाइरस रोगबाट पहिलो पटक मृत्यु भएको हो। उनी जनवरी १६ मा फ्रान्स आइपुगेकी थिइन र २५ जनवरीमा क्वारेन्टाइन अस्पातालमा राखिएको थियो।
फ्रान्सका स्वास्थ्यमन्त्री अग्निस बुजिनका अनुसार पीडित महिला चीनको हुबेई प्रान्तकी ८० बर्षे महिला थिइन्। चिन बाहिर अहिले सम्म तिन जनाको मृत्यु भएको छ। हङकङ, फिलिपिन र जापानमा १–१ जना गरी तिन जनाको मृत्यु भएको हो। चिनमा अहिले सम्म १५०० जनाको कोरोना भाइरसबाट मृत्यु भैसकेको छ।