एजेन्सी– मालीको मोप्ती क्षेत्रस्थित आदिवासी बासिन्दाको बाहुल्य रहेको एक गाउँमा हतियारधारी समूहको आक्रमणबाट २१ जना वेपत्ता भएका छन्।
उनीहरुको हत्या भएको हुनसक्ने आशंका गरिएको छ। ओगोसगु गाउँमा शुक्रबार बिहान हतियारधारी समूहले एक्कासी आक्रमण गरेको हो। जुन पछिल्ला वर्षहरुकै सबैभनदा खतरनाक घटनाको रुपमा लिइएको छ। हतियारधारी समूहले स्थानीयको घरमा आगो लगाउनुका साथै लुटपाट मच्चाएका थिए।
मालीयन सरकारले विज्ञप्ति निकाल्दै यस घटनाबारे जानकारी सार्वजनिक गरेको छ । तर कसले यस्तो आक्रमण गराएको भन्ने यकिन छैन। गत वर्षको मार्चमा सोही गाउँमा हतियारधारी विद्रोही समूहसँग भिडन्त हुँदा एक सय ५० जना स्थानीयको मृत्यु भएको थियो।
पछिल्लो समय मालीमा हिंसात्मक घटना बढ्दै गर्दा मध्य माली क्षेत्रबाट २ लाख नागरिक विस्थापित भइसकेका छन्। गत वर्ष मात्रै हतियारधारी समूहबाट ४ सय ५० नागरिक मारिएका थिए।