काठमाडौं– गायक रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक भएको छ। माया प्रेममा आधारित ‘तिम्रो बारे’ बोलको गीतको भिडियोमा ढकाल र उनकी पत्नी नीलमको अभिनय देख्न सकिन्छ।
एमबी क्रिएसनको अफिसियल युट्युब च्यानल मार्फत रिलिज गरिएको यो गीतलाई दर्शक स्रोताहरुले निकै मन पराएका छन् र राम्रा राम्रा प्रतिक्रिया हरु दिइरहेका छन्।
गीतकार मनिष बशिष्ठको शब्द र सुरेन्द्र मान सिंहको संगीत रहेको उक्त गीतमा संगीत संयोजन भने रिकेश गुरुङले गरेका छन्। गीतको भिडियोलाई गम्भीर बिष्टले निर्देशन गरेका हुन्। यस्तै छायांकन नवराज उप्रेती, कोरियोग्राफी सुबोल थापा र सम्पादन नबिन निरौलाले गरेका हुन्।
https://youtu.be/Pngd_14A9so