एजेन्सी– मलाइका अरोरा केही न केही कारण चर्चामा रहिरहन्छिन्। पछिल्लो केही समयदेखि मलाइका अर्जुन कपुरसँगको सम्बन्धका कारण चर्चामा थिइन्। अहिले फेरि अर्को कारणले उनी चर्चामा आएकी छन्।
मलाइकाको एउटा भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ। भिडियोमा उनी उनकै रिसाएकी छन्। भिडियोमा मलाइका फोनमा कसैसँग निकै रिसाएर कुरा गरिरहेकी छन्। यो भिडियोमा मलाइकाको साथमा उनकी बहिनी अमृता अरोरा पनि देखिएकी छन्।
भिडियोअनुसार मलाइका र अमृता जैसलमेरबाट फर्किरहेका छन्। दुवै एयरपोर्ट बाहिर उभिएर ड्राइभर पर्खिरहेका छन्। समयमा ड्राइभर नआएका कारण उनी रिसाएकी हुन्। भिडियोमा उनी ड्राइभरसँग रिसाएर कुुरा गरिरहेकी छन्। ‘हामी त्यता आउन सक्दैनौ तिमी नै यता आऊ, छिटो ट्रली लिएर’, भिडियोमा मलाइका चिच्याइरहेकी छन्। मलाइका पछिल्लो समय अर्जुन कपुरसँग रिलेसनसिपमा छिन्। दुवै छिट्टै विवाह गर्ने खबर पनि बाहिरिएको छ।