एजेन्सी– हैटीमा रहेकाे अनाथालयमा आगलागी हुँदा कम्तीमा १५ बालबालिकाको मृत्यु भएको छ। हैटीको राजधानी पोर्ट औ पिन्सको अनाथालयमा शुक्रबार भएकाे आगलागीमा परी अन्य ६० बालबालिका भने बच्न सफल भएकाे बताइएकाे छ।
उक्त अनाथलय अमेरिकाको धार्मिक गैरनाफामूलक संस्थाले सञ्चालन गरेकाे हाे। अनाथालयको चर्चबाट सुरु भएको आगोमा जलेर ती बालबालिकाको मृत्यु भएको हैटीस्थित युनिसेफको बालबालिका सुरक्षा प्रमुख जेनिफर मेल्टनले जानकारी दिएकी छिन्।
बलिरहेको क्यान्डलबाट आगलागी भएको हुनसक्ने बताइपनि अगलागीकाे वास्तविक कारण खुल्न सकेकाे छैन। हैटीका राष्ट्रपति जोभेनल मोसीले एक ट्विट गर्दै घटनाले आफूलाई स्तब्ध बनाएको बताएका छन्। साथै उनले घटनाबारे सत्यतथ्य पत्ता लगाउन अधिकारीहरूलाई निर्देशन दिएका छन्।