एजेन्सी– गायक आदित्य नारायण झा र गायिका नेहा कक्कडले इन्डियन आइडलको सेटमा फेब्रअरी १४ मा विवाह गरेका छन्। उनीहरुको विवाहको भिडियो हाल सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।
केही दिन अघि मात्रै आदित्यका पिता उदित नारायण झाले नेहा कक्कड र आदित्यको विवाहको अफवाह टिआरपीका लागि मात्रै उडाइएको बताएका थिए। यसैबीच, चौतर्फी यसको बारेमा चर्चा हुन थालेपछि पहिलोपटक आदित्यले वास्तविकताको बारेमा खुलाएका छन्।
आदित्यले आईबी टाइम्समा दिएको एक अन्तरवार्तामा भनेका छन् ‘यदि मैले मेरो जिन्दगीको बारेमा यति ठूलो फैसला गरे भने त्यसको घोषणा म आफैँ नै गर्छु। विवाह मेरो लागि निकै ठूलो निर्णय हो। म किन लुकाउँछु र ? हो, नेहा र मेरो विवाहको कुरा हाँसीमजाकमा सुरु भएको थियो र सबैले त्यसलाई गम्भीर रुपमा लिनुभयो।’
https://www.instagram.com/p/B8etGT5hCO8/?utm_source=ig_embed