एजेन्सी– इरफान खानको फिल्म ‘अंग्रेजी मिडियम’ को ट्रेलर सार्वजनिक भएको छ। २०१७ मा आएको ‘हिन्दी मिडियम’ फिल्मपछि ‘अंग्रेजी मिडियम’ दर्शकलाई भाषाको ज्ञान दिने उदेश्यले बनाइएको हो।
होमी अदजानियाले निर्देशन गरेकाे यो फिल्म २० मार्च २०२० मा रिलिज हुँदैछ। सामान्य परिवारको बुबाले आफ्नो छोरीको बिदेश पढ्न जाने सपना पुरा गर्नको लागि गरेको संघर्षलाई फिल्ममा देखाइएको छ। ट्रेलरमा बुबा र छोरीको बोन्डीङलाई प्रस्तुत गरिएको छ।
‘अंग्रेजी मीडियम’ मा कमेडी सँगसँगै इमोशन पनि देख्न सकिन्छ। इरफान खानले फिल्ममा राधिका मदानको बुबाको भुमिका निर्वाह गरेका छन्।
https://youtu.be/rzlfeocUVhI