काठमाडौं– भेन्टिलेटर भनेको आफैँ सास फेर्न नसक्ने बिरामीलाई सास फेर्न मद्दत गराउने एक किसिमको मेसिन हो। यो मेसिन मुटुको अपरेशन गरेका विरामी, अपरेशन पश्चातका बिरामी तथा अन्य रोगबाट ग्रसित गम्भीर अवस्थाका विरामीलाई प्रयोग गरिन्छ।
कुन अंगले काम गर्न छाड्दा भेन्टिलेटरको आवश्यक पर्छ?
१. फोक्सो
निमोनिया, ड्रगको ओभरडोज, रगत जम्दा, क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज, सिस्टिक फाइब्रोसिस, फोक्सोमा समस्या, स्नायू रोगका कारण फोक्सोमा गम्भीर क्षती हुँदाको स्थितीमा आवश्यकता पर्छ।
२. मुटु
अचानक हृदयघात हुँदा।
३. दिमाग
ब्रेन स्ट्रोक वा टाउकोमा गम्भीर चोट लाग्दा।
भेन्टिलेटर कसरी दिइन्छ?
बिरामीको स्थितीको कारण के हो ध्यानमा राखेर भेन्टिलेटरमा राखिन्छ। भेन्टिलेटरमा बिरामीलाई सबैभन्दा पहिले अक्सिजन दिइन्छ ता कि हावा दबाव बनाउँदै फोक्सोसम्म पुग्न सकोस्।
निमोनिया हुँदा वा फोक्सोले काम गर्न छाड्दा पनि गरिन्छ। यसको एउटा ट्युब नाक वा मुखमा राखिन्छ भने दोस्रा इलेक्ट्रिक पम्पसँग जोडिन्छ। बिरामीलाई निन्द्राको औषधी पनि दिइन्छ।
मुटुले काम गर्न बन्द गर्छ तब त्यसलाई सुचारु गर्न कोसिस गरिन्छ।यसले रगत र अक्सिजनलाई पूरा शरिरभरी संचार गर्न सहयोग गर्छ। साथै धड्कन नियमित राख्न बिरामीलाई इलेक्ट्रिक शक पनि दिइन्छ।
डायलिसिस पनि लाइफ सपोर्ट सिस्टमको एउटा हिस्सा हो।
मृगौला खराब हुँदा ८०–९० प्रतिशत काम नगर्दा डायलिसिस गरिन्छ। शरिरमा जम्मा भएको विषालु पदार्थलाई फिल्टर गरेर बाहिर निकालिन्छ।
बिरामीलाई लाइफ सपोर्ट सिस्टमबाट कहिले निकालिन्छ?
बिरामीलाई दुई स्थितीमा सपोर्ट सिस्टमबाट हटाइन्छ। बिरामीलाई सुधार नदेखिए र अंगले काम गर्न सुरु गरे यसको आवश्यकता पर्दैन। बिरामीमा सुधारको आशा नदेखिए पनि डाक्टरले परिवारको सहमतीमा बिरामीलाई सपोर्ट सिस्टमबाट निकालिन्छ। यसको उपचार जारी नै रहन्छ।