एजेन्सी– इराकस्थित अमेरिकी सुरक्षा फौजको बेस क्याम्पमा रकेट आक्रमण भएको छ।
इराकके ग्रामिण क्षेत्र किर्कुकमा रहेको अमेरिकी ‘के १ बेस क्याम्प’मा रकेट आक्रमण भएको बताएको छ। आक्रमणबाट मानवीय क्षति भएको वा नभएको भन्ने बारे कुनै विवरण बाहिर आएको छैन्।
एएफपी न्युजका अनुसार स्थानीय समय अनुसार बिहीबार पौने ९ बजे आक्रमण भएको थियो। तत्कालै अमेरिकाले हवाइ सर्च अभियान सुरु गरेको थियो। उक्त क्षेत्रमा गत डिसेम्बर २७ पछि पहिलो पटक रकेट आक्रमण भएको हो। त्यसबेला अमेरिका हिजबुल्लाह समूहलाई घटनाको आरोप लगाएको थियो।