एजेन्सी– भोजपुरी गायक रितेश पांडेको गीत ‘हेलो कौन’ रिलिज भएपछि सामाजिक सञ्जाल टिकटकमा निकै चलेको थियो। अब उनै गायक र कलाकार अक्षरा सिंह ‘कल करे क्या’ बोलको गीत लिएर आएका छन्।
आशीष वर्माको शब्द रहेको यो गीतमा अक्षरा सिंह र सुधीर संगमले स्वर दिएका छन्। आशीष वर्माकै संगीतमा बनेको यो गीतको भिडियोको कोरियोग्राफर मनोज कुमार गुप्ताले गरेका हुन् भने आशीष यादवले निर्देशन गरेका हुन्।
अक्षरा सिंह आफ्नो आमासँग लुकेर आफ्नो प्रेमीसँग फोन गरिरहेकी हुन्छिन्। उनी फोनमा बारम्बार ‘कल करेँ क्या?’ भनिरहेकी हुन्छिन्। यो सुन्दा सुन्दा दिक्क भएर प्रेमीले ब्रेकअपको कुरा गर्छन्। तब अक्षरा भिडियो कलको कुरा गरेको बताउँछिन्।
अक्षरा सिंह को दुई वटा भोजपुरी हिट फिल्म ‘लैला मजनू’ र ‘लव मैरिज’ रिलीज भएको छ।
https://youtu.be/RcniM3ewEdE