एजेन्सी– विक्की कौशल र भूमि पेडनेकरको फिल्म भूत पार्ट १ः ‘दि हन्टेट सिप’ मा समावेश नयाँ गीत सार्वजनिक भएको छ। ‘चन्ना भे’ बोलको यो रोमान्टिक गीतमा प्रेम, दुखाईको रोलर कोस्टर देख्न सकिन्छ।
अखिल सचदेवा, मनशील गुजरालको स्वरमा रहेको यो गीतमा अखिल सचदेवाले लेखेका हुन् भने संगीत पनि सचदेवाले नै दिएका हुन्। आमा बुबा र छोरीको एक कथा गीतमा देखाइएको छ।
गीतमा कौशल आफ्नो पत्नी र बच्चाको गुमाएपछि पागल बनेका छन्। इमोशनल गर्ने यो गीतलाई दर्शकले पनि निकै मन पराएका छन्। भानू प्रताप सिंहको निर्देशनमा बनेको यो फिल्म २१ फेब्ररीमा रिलिज हुँदैछ।
यो फिल्मममा विक्की कौशल र भूमि पेडनेकरसँगै आशुतोष राणाकोपनि अभिनय देख्न सकिन्छ। रिपोर्टको अनुसार यो फिल्मको छायांकन धेरैजसाे गुजरातमा गरिएको छ।
https://youtu.be/rdMDqrfJiss