एजेन्सी– अफगानिस्तानको दायकुन्डी प्रान्तस्थित हिम पहिरोका कारण सात जनाको मृत्यु भएको छ।
जसमध्ये चारजना एकै परिवारका छन्। सोही परिवारका एकजनाको भने उद्धार गरिएको छ। स्थानीय मिडियाका अनुसार पहिरोमा दुईजना वेपत्ता छन्।
सोही क्षेत्रमा अर्को हिमपहिरोमा तीनजनाको मृत्यु भएको हो। राजधानी काबुलबाट २ सय ९० किलोमिटर टाढा पर्ने एक गाउँमा बुधबार राति हिमपहिरो आएको थियो।