काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टाेलीको मुख्य प्रशिक्षक उमेश पटवालले राजिनामा दिइसकेका छन्। करिब ८ महिना नेपाली टिम सम्हालेका उनले त्रिकोणात्मक सिरीज सकिएलगत्तै लागू हुने गरी राजिनामा दिएका थिए।
नेपाली अलराउण्डर पारस खड्काले प्रशिक्षक पटवाललाई धन्यवाद दिएका छन्। उनले फेसबुकमार्फत उनलाई धन्यवाद दिएका हुन्। पारसले पटवाललाई उनको योगदान र आफूहरुलाई क्रिकेटरको रुपमा माथि उकासेकोमा धन्यवाद दिएका हुन्।
त्यस्तै खड्काले पटवालको आगामि यात्राको लागि शुभकामनासमेत दिएका छन्।
