काठमाडौं – सुदर्शन थापाको निर्देशनमा रहेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर रिलिज भएको छ। राजधानीको क्युज सिनेमा हलमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलर युट्युबमार्फत पनि सार्वजनिक गरिएको छ।
अपलोड गरिएको केही समयमै फिल्मको ट्रेलरमा हजारौं प्रतिक्रिया आएका छन्। ट्रेलरमा पल शाह र पूजा शर्मालाई केन्द्रीय भूमिकामा देखाइएको छ। फिल्ममा पल शाह एक गायकको भूमिकामा देखिएका छन्। लभस्टोरी फिल्म बनाउन माहिर सुदर्शन थापाले फिल्मको स्तरीयतामा मेहनत गरेको ट्रेलरमा झल्किन्छ।
पल, पूजा, हरिहर शर्मा, राजा राजेन्द्र, गणेश गिरी, सोनिका रोकाया लगायतका कलाकारको शीर्ष भूमिका रहेको फिल्मलाई सौरभ लामाले छायांकन गरेका हुन्।
फागुन ३० गतेदेखि प्रदर्शनमा आउने यो फिल्ममा निर्देशक थापाको कथा छ भने स्किृप्ट शिवम् अधिकारी र दिनेश न्यौपानेले लेखेका हुन्। वनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको यो फिल्ममा पूजा शर्मा र सुदर्शन थापाको लगानी रहेको छ।
https://youtu.be/XtZGZmtXsu0