एजेन्सी– पाकिस्तान एयरफोर्सको जहाज दुर्घटना भएको छ। दुई महिनाभन्दा छोटो समयमै एयफोर्सको यो तेस्रो दुर्घटना हो।
पाकिस्तानी एयरफोर्स प्रवक्ताका अनुसार उक्त जेट तालिमका लागि उपयोग गरिएको थियो।
खैबर पख्तुनवा प्रान्तस्थित मर्दन जिल्लाको तख्त भाइ क्षेत्र नजिकै जेट दुर्घटना भएको हो। गत फेब्रुअरी ७ मा मात्रै पन्जाब प्रान्तको सर्कोट क्षेत्रमा पनि यस्तै प्रकृतिको जहाज दुर्घटना भएको थियो।