काठमाडौं– नेपाली चलचित्र क्षेत्रका चर्चित दुई नायिका आचँल शर्मा र प्रियंका कार्की यही फागुणमा विवाह बन्धनमा बाधिँदै छन्। नायिका प्रियंका कार्कीले आफ्ना प्रेमी आयुष्मान देशराज जोशीसँग बिहे गर्दैछिन् भने आँचलले प्रेमी डाक्टर उदिप श्रेष्ठसँग बिहेको लगन कँस्दैछिन्।
प्रियंका र आयुष्मानको बिहे यही फागुणको १५ गते हुने भनिएको छ। तर, यो जोडीले भोली प्रेम दिवसको अवसर पारेर बिहेको मिति सार्वजनिक गर्ने बताएका छन्। नायिका प्रियंका कार्की बिहेका कारण आफूले नयाँ चलचित्र साइन नगरेको र यतिबेला बिहेको तयारीमा तिव्रताका साथ लागिरहेकी बताउँछिन्।
प्रियंकाको बिहे भएको १४ दिनपछि अर्की नायिका आँचल शर्माले पनि बिहे गदैछिन्। डेढ बर्षदेखि डाक्टर उदिप श्रेष्ठसँगको प्रेममा रहेकी आँचलले यही फागुणको २९ गते बिहे गर्ने भएकी छिन्।
यतिबेला आँचल र उदिप पनि बिहेको तयारीमा लागेका छन्। आँचल र उदिप यतिबेला मिडिया अन्तर्वार्तामा समेत व्यस्त रहेका छन्। आँचलले पनि नयाँ चलचित्र साइन गरेकी छैनन्। उनले पनि बिहे अगाडि नयाँ प्रोजेक्टमा काम नगर्ने बताएकी छिन्।