काठमाडौं– फिल्म ‘लक्का जवान’ मा समावेश लोकशैलीको गीत ‘मुसुक्कै हाँस न माया’ सार्वजनिक भएको छ। यो गीतमा दिलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा शिवाकोटी लगायतले कम्मर मर्काउँदै नाचेका छन्।
बाबुल गिरीको शब्द, संगीत र एरेन्ज रहेको गीतमा बाबुल र जुनु रिजाल काफ्लेको स्वर सुन्न सकिन्छ। प्रेमको भाव प्रस्तुत गरिएको यो गीतमा प्रियंका र दिलिपको जोडी देखाइएको छ भने वर्षा र सलोनसँगै नाचेका छन्।
चैत्र २१ गतेदेखि प्रदर्शन हुने फिल्मको निर्देशक शिवहरि पौडेल हुन्। यस्तै फिल्ममा कथा, पटकथा र संवाद पनि निर्देशक पौडेलको रहेको छ। लामो समय टेलिश्रृङ्खला ‘जिरे खुर्सानी’ निर्देशन गरेका पौडेलले ‘लक्का जवान’ हाँस्य चलचित्र भएको बताएका छन्।
फिल्ममा लगानी भने अन्सुया श्रेष्ठ वन्तले गरेका छन् भने सुशील अर्याल, दैशी अर्याल, राजाराम पौडेल, सुरेन्द्र केसी, दीपेन्द्र खनियाँ सह–निर्मातामा छन्। फिल्ममा मित्र डी गुरुङको सम्पादन तथा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ।
https://youtu.be/ZliBfoYzQOc